विराटनगरबाट १९१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा विराटनगर–१७ का २५ वर्षीय बाबु मियाँ र भारत बिहारका ३० वर्षीय रोनी भन्ने मोहम्मद अब्दुल्ला रहेका छन्।

वैशाख १४ गते पक्राउ परेका उनीहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: बुधबार, बैशाख १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय