अध्यादेशविरुद्ध विपक्षी दलहरूको संयुक्त बैठक आज बस्दै

काठमाडौँ । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको विरोधमा विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दिउँसो १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन्। बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई पनि आमन्त्रण गरिएको छ।

बैठकमा संसद् अधिवेशन स्थगित गरी अध्यादेश ल्याउने सरकारको कदम र त्यसविरुद्धको संयुक्त प्रतिवाद रणनीतिबारे छलफल हुने बताइएको छ।

मंगलबार मात्र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेपछि सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो। उक्त कदमप्रति प्रमुख तथा अन्य विपक्षी दलहरूले कडा विरोध जनाएका छन्।

प्रकाशित: बुधबार, बैशाख १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय