नेपालले ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

नेपालले यूएईसँगको अघिल्लो खेलबाट एक परिवर्तन गरेको छ। ललित राजवंशीको स्थानमा गुल्शन झा टोलीमा आएका छन्।

पहिलो खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो भने दोस्रो खेलमा यूएईले ओमानलाई हराएको थियो।

नेपालको प्लेइङ–११ मा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्शन झा र करण केसी रहेका छन्।

प्रकाशित: बुधबार, बैशाख १६, २०८३

सम्बन्धित खवर