काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी बनाइएका ठूला घरहरू हटाउने अभियान पुनः सुरु गरिएको छ।
शनिबार र आइतबार राति अबेरसम्म सञ्चालन गरिएको भत्काउने कार्य नसकिएकाले आजदेखि फेरि काम अघि बढाइएको महानगरपालिकाले जनाएको छ।
महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार अझै धेरै संरचना हटाउन बाँकी रहेकाले दिउँसोदेखि पुनः अभियान सञ्चालन गरिएको हो। उनले केही ठूला घरहरू भत्काइए पनि अझै धेरै संरचना बाँकी रहेको बताए।
गैरीगाउँमा दर्जनौँ स्थायी घर निर्माण गरिएकाले भत्काउने कार्य चुनौतीपूर्ण बनेको छ। हाल दुईवटा डोजर र अन्य हेभी मेसिन प्रयोग गरी काम भइरहेको छ।


