काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले उनलाई दल नेता बनाउने निर्णय गरेको हो।
निर्वाचन समितिका प्रमुख तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार सांसदहरूको सहमतिमा आङ्देम्बे चयन भएका हुन्।
पाँचथरका ६१ वर्षीय आङ्देम्बे समानुपातिक प्रणालीमार्फत सांसद बनेका हुन्। उनी यसअघि सहमहामन्त्रीको जिम्मेवारीमा रहेका थिए।
चयनपछि सभापति गगन थापाले उनलाई संसदीय दल नेताको प्रमाणपत्र प्रदान गरेका छन्।


