सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक प्रतिस्पर्धामा ल्याउने सरकारको निर्णय

काठमाडौँ । सोमबारको मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने सार्वजनिक संस्थाका रूपमा अघि बढाउने निर्णय गरेको छ।

यस निर्णयलाई औपचारिकता दिन नेपाल राजपत्रमा सूचना प्रकाशित गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई आईजीमा पदोन्नति गर्दै नियुक्त गर्ने निर्णय गरेको छ। साथै, भन्सार नियमावली २०८३ पनि स्वीकृत गरिएको छ।

त्रिवि क्रिकेट मैदान हटाउने विषयमा उठेका जिज्ञासामा सरकारले कुनै त्यस्तो योजना नभएको स्पष्ट पारेको छ। लिज अवधि सकिएकाले नयाँ सम्झौताको तयारी भइरहेको र यस विषयमा त्रिभुवन विश्वविद्यालयसँग सकारात्मक छलफल भएको जनाइएको छ।

प्रकाशित: सोमबार, बैशाख १४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय