रौतहट र दैलेखमा पोखरी र खोलामा डुबेर दुई बालकको मृत्यु

काठमाडौँ । रौतहट र दैलेखमा छुट्टाछुट्टै घटनामा डुबेर दुई बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार रौतहटको दुर्गाभगवती गाउँपालिका–१ पिपराटोलका गौरीशंकर साह कलवारका पाँच वर्षीय छोरा कृषको आइतबार साँझ पोखरीमा डुबेर ज्यान गएको हो। बह्रमस्थानस्थित पोखरीमा डुबेर अशक्त भएका उनलाई उपचारका लागि वाग्मती सेन्ट्रल अस्पताल गंगापिपरामा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, दैलेखको महाबु गाउँपालिका–४ गीताचौरका कमल नेपालीका ९ वर्षीय छोरा रूपेशको छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: सोमबार, बैशाख १४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय