कैलाली । होटल व्यवसायी संघ कैलालीको ३४औं वार्षिक साधारण सभा तथा ९औं जिल्ला अधिवेशन भव्य र अनुशासित रूपमा सम्पन्न भएको छ। कार्यक्रममा होटल व्यवसायी महासंघ नेपाल (HPFN) का अध्यक्ष टी.आर. भण्डारी (शंकर) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
निर्धारित समयमै सुरु भई समयमै सम्पन्न भएको कार्यक्रम उत्कृष्ट व्यवस्थापन, अनुशासन र पेशागत दक्षताको नमूना बनेको थियो। जिल्लाभरिका व्यवसायीहरूको उल्लेखनीय उपस्थिति तथा निजी–सरकारी क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको थियो।
अधिवेशनबाट श्री केशव दत्त पाण्डेय पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। वरिष्ठ उपाध्यक्षमा श्री अबेश कुमार चन्द, उपाध्यक्षमा श्री भिम बहादुर शाही, महासचिवमा श्री प्रजापति जोशी (प्रकाश), सचिवमा श्री राकेश भट्ट, कोषाध्यक्षमा श्री भगत बहादुर थापा तथा सह–कोषाध्यक्षमा श्री बसन्ता भण्डारी बम निर्वाचित हुनुभएको छ।
यसैगरी श्री केश बहादुर बोहरा, श्री केशव चन्द, श्री शोमराज सापकोटा, श्री राधिका लम्साललगायत १९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष भण्डारीले व्यवसायिक एकता, संस्थागत सुदृढीकरण र पर्यटन प्रवर्द्धनमा नयाँ कार्यसमितिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।







