नेपाल–बङ्गलादेश आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौँ । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, ऊर्जा, पारवहन, सम्पर्क सञ्जाल, शिक्षा र पर्यटन क्षेत्रमा द्विपक्षीय सहकार्यका प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

उहाँले आर्थिक साझेदारीलाई मजबुत बनाउन दुवै देशका व्यवसायिक समुदायबीच सम्बन्ध विस्तार आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बङ्गलादेशका विभिन्न उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले पनि दुई देशबीचको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विभिन्न उद्योग वाणिज्य सङ्घ, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको दूतावासले जनाएको छ ।

प्रकाशित: शनिबार, बैशाख १२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय