२०औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौँ । जनआन्दोलन २०६२/६३ को सफलताबाट प्राप्त लोकतन्त्रको सम्झनामा आज देशभर २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूको मार्गचित्रअनुसार विघटित संसद् पुनर्स्थापना गरेपछि यो दिन ऐतिहासिक रूपमा स्थापित भएको हो। सोही घटनाको स्मरणमा विसं २०६४ देखि लोकतन्त्र दिवस मनाउन थालिएको हो।

विसं २०५९ जेठ ८ गते संसद् विघटनपछि सुरु भएको राजनीतिक अस्थिरता र राजाको प्रत्यक्ष शासन वैशाख ११ को घोषणासँगै अन्त्य भएको थियो।

तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलन चैतसम्म देशव्यापी बनेको थियो। नयाँ वर्ष २०६३ सुरु भएसँगै लाखौँ नागरिक सडकमा उत्रिएर चक्रपथ क्षेत्रमा मानव सागर बनेपछि राजा ज्ञानेन्द्र दलहरूको माग स्वीकार गर्न बाध्य भएका थिए।

अन्ततः वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा भएसँगै जनआन्दोलनले ऐतिहासिक सफलता हासिल गरेको थियो।

प्रकाशित: शुक्रबार, बैशाख ११, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय