राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद् अधिवेशन स्थगित

काठमाडौँ । रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको अधिवेशन हालका लागि स्थगित गर्नुभएको छ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संसद् भवन, सिंहदरबारमा अधिवेशन आह्वान गरिएको थियो।

तर आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा विशेष कारणवश उक्त अधिवेशन स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: बिहिबार, बैशाख १०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय