काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका विभिन्न पाँच स्थानमा ‘स्वीप अप्रेसन’ सञ्चालन गरी १२२ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार नियन्त्रणमा परेकामध्ये ८२ जनाले लागुऔषध सेवन गरेको पाइएको छ भने केहीको साथबाट गाँजासमेत बरामद भएको छ।
प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी गणेश पाण्डेका अनुसार बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा एकैसाथ अप्रेसन गरिएको थियो। पक्राउ परेकामध्ये सबै पुरुष रहेका छन् र अधिकांश युवा उमेर समूहका छन्।


