काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन सफल बनाउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन्।
विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कार्यका लागि नेताहरूबीच निरन्तर संवाद भइरहेको जानकारी दिए।
उनले कांग्रेस संघीय संसदमा प्रतिपक्षमा भए पनि प्रदेश र स्थानीय तहमा अग्रस्थानमा रहेकाले ठूलो जिम्मेवारी रहेको बताए।


