नेप्से १८ अंकले घट्यो, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १० अंकले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा झरेको छ।

आज ३४७ कम्पनीका एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक कारोबार हुँदा कुल रु पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ बराबरको कारोबार भएको छ।

समूहगत रूपमा हेर्दा होटल तथा पर्यटन समूहको उपसूचक १ दशमलव १६ प्रतिशतले बढ्दा अन्य सबै समूहका सूचक घटेका छन्।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहँदा सबैभन्दा धेरै शेयर कारोबार नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ।

प्रकाशित: मंगलबार, बैशाख ०८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय