मन्त्रिपरिषद् निर्णय: समस्याग्रस्त सहकारी समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यसँगै नवराज सिम्खडा र रोशन शाक्यलाई सदस्यमा नियुक्त गरेको हो।

यसैगरी, बैठकले विशेष सेवा ऐन २०४२, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ संशोधनसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

त्यसका साथै, धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। उक्त समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्।

प्रकाशित: मंगलबार, बैशाख ०८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय