काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
यो खेलमा नेपालले बलियो सुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।


