सरकारले अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने निर्णय

काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीलाई प्रत्येक १५ दिनमा तलबभत्ता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ।

यसअघि मासिक रूपमा तलब उपलब्ध गराइँदै आएकोमा अर्थ मन्त्रालयले नयाँ निर्णय गर्दै पाक्षिक भुक्तानी प्रणाली ल्याएको हो।

वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयपछि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक प्रक्रिया मिलाउन निर्देशन दिइएको छ।

यो व्यवस्था क्रमशः सरकारी निकाय, समिति, आयोग तथा सार्वजनिक संस्थानमा लागू हुने जनाइएको छ। यस कदमले बजारमा नगद प्रवाह बढाउने र कर्मचारीलाई आर्थिक सहजता दिने अपेक्षा गरिएको छ।

प्रकाशित: सोमबार, बैशाख ०७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय