वीरगञ्जमा सडक विस्तारले विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ । औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार कार्यका कारण विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ।

सडक डिभिजन हेटौँडाले आज बिहानदेखि अतिक्रमण हटाउने क्रममा डोजर र एक्साभेटर प्रयोग गरी संरचना भत्काउन थालेपछि सेवा प्रभावित भएको हो।

गण्डकचोकदेखि मितेरीपुलसम्मको क्षेत्रमा बिहान ५ बजेदेखि दिउँसो ४:३० बजेसम्म सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। स्थानीयका अनुसार सेवा कहिले पुनः सञ्चालन हुने भन्ने निश्चित छैन।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले सडक विस्तारका कारण वैशाख ८ गतेसम्म विद्युत् आपूर्ति अनियमित हुन सक्ने जनाएको छ।

प्रकाशित: आइतबार, बैशाख ०६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय