कैलालीमा मरेको कुखुराको मासु खाएर दुई बालकको मृत्यु, आमा र कान्छा छोरा उपचारमा

काठमाडौँ । कैलाली मा मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको उपचारका क्रममा मृत्यु भएको छ।

चुरे गाउँपालिका–३ निवासी ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू सहोदर दाजुभाइ हुन्।

प्रहरीका अनुसार बिहीबार मरेको कुखुराको मासु खाएपछि बिरामी परेका उनीहरूको शुक्रबार सेती प्रादेशिक अस्पताल मा उपचारका क्रममा मृत्यु भएको हो।

उही घटनामा २८ वर्षीया आमा राधिका ताम्राकार र उनका ३ वर्षीय कान्छा छोरा दिपेश ताम्राकारको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

घटना बिहीबार भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी दिइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी लगिएको थियो।

प्रहरीका अनुसार उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको खुलेको छ। फार्म सञ्चालक मंगल साउँद आफैँ इलाका प्रहरी कार्यालय मालाखेती मा उपस्थित भई कागज गरेर आफन्तको जिम्मा लगाइएको र आवश्यक परे उपस्थित हुने शर्तमा छाडिएको प्रहरीले जनाएको छ।

प्रकाशित: शनिबार, बैशाख ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय