संसदीय समितिका  नवनिर्वाचित सभापतिहरुको शपथ सम्पन्न

काठमाडौँ । संघीय संसद अन्तर्गतका सबै विषयगत समितिहरूले नयाँ नेतृत्व पाएका छन्। आज सम्पन्न निर्वाचनमा १० समितिमा सभापति निर्विरोध चयन भए भने दुई समितिमा मतदानबाट निर्णय गरिएको हो।

राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी समितिमा रास्वपाका गणेश कार्की निर्वाचित भए। यसै पदमा नेकपाकी मदन कुमारी शाह (गरिमा) प्रतिस्पर्धी थिइन्।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्व पनि रास्वपाकै हातमा गएको छ। ओजस्वी शेरचनले एमालेका गुरुप्रसाद बराललाई पराजित गर्दै सभापति बनेकी हुन्।

११ वटा समितिमा रास्वपाको नेतृत्व स्थापित भएको छ भने सार्वजनिक लेखा समितिको जिम्मेवारी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका भरत खड्काले सम्हाल्ने भएका छन्। सभामुख डिपी अर्यालले नवनिर्वाचित सभापतिहरूलाई शपथ गराएका छन्।

प्रकाशित: शुक्रबार, बैशाख ०४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय