कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलका लागि बोलाइए

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउँदै सांसदहरूलाई छलफलका लागि बोलाएको छ।

आज दिउँसो ३ बजे दलको नेतासम्बन्धी छलफलका लागि प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको हो।

निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलमा सहभागी हुन आह्वान गरेका हुन्।

यसअघि पनि दलको नेतृत्व चयनबारे आन्तरिक तयारी तीव्र बनिरहेको कांग्रेस स्रोतले जनाएको छ।

प्रकाशित: शुक्रबार, बैशाख ०४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय