काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेका छन्।
बुधबार सिंहदरबारमा आयोजना हुने कार्यक्रममा सबै दलका सांसदहरूको सहभागिता रहनेछ।
अन्तरक्रियाका क्रममा सांसदहरूले विभिन्न क्लस्टरका चुनौतीहरू प्रस्तुत गर्दै समाधानका उपायबारे सुझाव दिनेछन्। कार्यक्रमले जनमुखी शासन प्रणालीलाई सुदृढ बनाउँदै नीति निर्माण प्रक्रियालाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।


