नीति निर्माणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको सांसदसँग प्रत्यक्ष संवाद

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।

सबै राजनीतिक दलका तर्फबाट संघीय संसदमा रहेका सांसदहरूसँग बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कार्यक्रम आयोजना गरिनेछ।

उक्त कार्यक्रममा सांसदहरूले आफ्नो-आफ्नो क्लस्टर अन्तर्गतका समस्या, चुनौती तथा सम्भावित समाधानका उपायहरू प्रस्तुत गर्नेछन्।

यस पहलले जनप्रतिनिधि र सरकारबीच प्रत्यक्ष संवाद स्थापना गरी नीति निर्माण र कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

प्रकाशित: बुधबार, बैशाख ०२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय