खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : सभापति लामिछाने

काठमाडाैं । रवि लामिछाने ले नयाँ वर्ष २०८३ लाई राजनीतिक रूपमा ‘खील निकाल्ने वर्ष’ भएको उल्लेख गर्दै त्यसबाट हुने पीडा सहने शक्ति मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले भ्रष्टाचार, वेथिति र अनियमिततालाई उखेल्ने संकेत गरेका छन्। साथै उनले पुराना राजनीतिक दललाई ‘खील’को रूपमा चित्रण गर्दै आलोचनात्मक सन्देश दिएका छन्।

लामिछानेले लेखेका छन्, “खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना।”

प्रकाशित: मंगलबार, बैशाख ०१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय