झापामा मलामी बोकेको ट्याक्टरबाट खस्दा युवकको मृत्यु, चालक नियन्त्रणमा

काठमाडाैं । कन्काई नगरपालिका–४ को कोटीहोम क्षेत्रमा मलामी बोकेको ट्याक्टरबाट खस्दा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरबाट माइखोलातर्फ करिब १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खस्दा सहचालक २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए।

सोमबार दिउँसो करिब २ बजे भएको उक्त दुर्घटनापछि उनलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गा लगिएको थियो। पछि थप उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारकै क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि ट्याक्टर चालक ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: मंगलबार, बैशाख ०१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय