काठमाडाैं । एलएस अटोको नेपालस्थित आधिकारिक आयातकर्ता ब्लु कर्पोरेशन प्रा.लि.ले नयाँ इलेक्ट्रिक सवारी साधन (ईभी) नेपालमा भित्र्याएको छ। कम्पनीले ज्ञानेश्वरमा नयाँ शोरुम उद्घाटनसँगै नयाँ मोडल ‘एलईभी एक्स’ सार्वजनिक गरेको हो।
कम्पनीले यसअघि एक वर्षदेखि एलईभी–०१ बिक्री गर्दै आएको थियो। नयाँ सार्वजनिक गरिएको एलईभी एक्स पूर्ण रूपमा इलेक्ट्रिक प्लेटफर्ममा आधारित रहेको छ।
यस ईभीमा लिथियम–आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसको ग्राउन्ड क्लियरेन्स २२१ एमएम रहेको कम्पनीले जनाएको छ। एलईभी–०१ ले एक पटक चार्जमा ५०० किलोमिटर र एलईभी एक्सले ५५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।
सुरक्षाका लागि १० एयरब्याग, एबीएस, ईबीडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल लगायतका सुविधा समावेश छन्। साथै, ३६० डिग्री क्यामेरा, प्यानोरामिक मुनरूफ, वायरलेस चार्जिङ, इलेक्ट्रिक सिट र मल्टी–ड्राइभ मोड जस्ता प्रिमियम सुविधा पनि उपलब्ध छन्।
नेपाली बजारमा एलईभी–०१ को मूल्य ५९ लाख ९५ हजारदेखि ६४ लाख ९५ हजार रुपैयाँ र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिने जनाएको छ।
कालोपुलमा सर्भिस सेन्टर सञ्चालन गरिरहेको कम्पनीले देशभर चार्जिङ स्टेसन विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ। साथै, नयाँ वर्ष २०८३ को अवसरमा एक्सचेन्ज क्याम्प, टेस्ट ड्राइभ अफर र चीन भ्रमणको अवसरसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।


