सरकारी विज्ञापन निजी मिडियामा नदिने निर्णयविरुद्धको मुद्दा सर्वोच्चमा सुनुवाइ स्थगित

काठमाडौँ । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज हुन सकेन ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गाना को इजलासमा मुद्दा चढे पनि समय अभावका कारण सुनुवाइ स्थगित भएको हो । उक्त मुद्दा २२ औँ नम्बरमा सूचीबद्ध थियो ।

यसअघि सर्वोच्च अदालतले सरकारी विज्ञापन निजी मिडियामा दिनुपर्ने वा नपर्ने विषयमा सरकारसँग दुई पक्षीय सुनुवाइका लागि उपस्थित हुन आदेश दिइसकेको छ ।

गत चैत २४ गतेको सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेल को एकल इजलासले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न सरकारलाई झिकाएको थियो ।

यस मुद्दामा नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले मिडियामाथि लगाइएको विज्ञापन निषेधलाई चुनौती दिँदै चैत २३ गते सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रकाशित: सोमबार, चैत्र ३०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय