उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–९ राजाबासमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान करिब ९:३० बजे झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स १० प ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ६१७ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा त्रियुगा–९ डाँडाटोल निवासी ३५ वर्षीय हरि दनुवार गम्भीर घाइते भएका थिए।

घाइते दनुवारलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ बिहान ९:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले टिपर चालक त्रियुगा–७ होक्से निवासी २८ वर्षीय आशिष माझी र दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: सोमबार, चैत्र ३०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय