सम्पत्ति मात्र होइन, स्रोत पनि खुलाउनुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले सरकारमा रहेका सबै पदाधिकारीको सम्पत्तिको स्रोत समेत सार्वजनिक गर्न माग गरेका छन्।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको सन्दर्भमा प्रतिक्रिया दिँदै स्रोत नखुलेको सम्पत्ति शंकास्पद देखिने बताएका हुन्। उनले सम्पत्ति मात्र सार्वजनिक गर्नु पर्याप्त नभई त्यसको आर्जन कसरी भयो भन्ने कुरा पनि स्पष्ट हुनुपर्ने उल्लेख गरेका छन्।

साम्पाङले लेखेका छन्, “सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो, अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो। स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ। स्रोत स्पष्ट पारिनु पर्छ।”

उनले पारदर्शिता र जवाफदेहिताका लागि सम्पत्तिको स्रोत खुलाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: सोमबार, चैत्र ३०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय