क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक हुँदैछ : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्न लागिएको भन्ने हल्ला गलत भएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गर्न लागिएको बताएका हुन्। ‘क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौँ,’ भन्दै उनले यसबारे उठेका जिज्ञासाको जवाफ दिएका छन्।

पौडेलले विगतमा देखिएका त्रुटिहरू सुधार गर्न यसपटक प्राविधिक पक्षमा विशेष ध्यान दिँदै अद्यावधिक प्रक्रिया अघि बढाइएको उल्लेख गरेका छन्।

उनका अनुसार नयाँ प्रणालीमार्फत अद्यावधिक गर्दा विगतमा देखिएका समस्या र अन्योल हट्ने विश्वास गरिएको छ।

प्रकाशित: सोमबार, चैत्र ३०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय