प्रधानमन्त्रीमाथि अपमानजनक भिडिओ बनाउने युट्युबर रोशन पोखरेल रिहा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह लगायत नेतामाथि अपमानजनक शब्द प्रयोग गरी भिडिओ बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन्।

प्रहरीले आवश्यक परेमा उपस्थित हुने सर्तमा उनलाई आफन्तको जिम्मा लगाएको जनाएको छ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी पोखरेललाई चैत २६ गते पक्राउ गरिएको थियो।

उनको गिरफ्तारीपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहको पक्ष र विपक्षमा व्यापक चर्चा भएको थियो।

प्रकाशित: आइतबार, चैत्र २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय