ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘सप्राइज चेकिङ’ अभियानअन्तर्गत आज एकैदिन १०१ जना सवारी चालक कारबाहीमा परेका छन्।

विभिन्न स्थानमा गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ जना, रातो बत्ती उल्लङ्घन गर्ने २ जना र लेन अनुशासन नमान्ने तथा अन्य नियम तोड्ने ९४ चालकलाई कारबाही गरिएको हो।

ट्राफिक प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले मापसे गरेर सवारी चलाउनु गम्भीर अपराध भएको भन्दै यसले सबैको ज्यान जोखिममा पार्ने बताउनुभयो।

साथै, शंका लागेमा यात्रुले तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।

प्रकाशित: आइतबार, चैत्र २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय