काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको संसदीय दलको नेताको चुनाव आगामी वैशाख ४ गते गर्ने भएको छ।
पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार वैशाख २ गतेदेखि नेता चयन प्रक्रिया सुरु गरिनेछ भने वैशाख ४ गते निर्वाचन सम्पन्न गरिने तयारी गरिएको छ।
कांग्रेसका प्रतिनिधिसभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट गरी कुल ३८ जना सांसद निर्वाचित भएका छन्।


