काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
दाङ प्रहरीले दिएको जानकारीअनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको हो।
उक्त घटनामा सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते भएका छन्। उनलाई दाङमै प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


