काठमाडौँ । नेपाल क्रिकेट संघ ले क्रिकेटर करण केसी लाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ।
नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणलाई आइतबार (चैत २९) क्यानले कारबाही गरेको हो।
शनिबार उनले सामाजिक सञ्जाल ‘एक्स’मा खेलाडी र अम्पायरबीच हातपात भए के हुन्छ भन्ने आशयको टिप्पणी गरेका थिए। सोही टिप्पणीप्रति ध्यानाकर्षण जनाउँदै क्यानले अनुशासनात्मक कारबाही गरेको जनाएको छ।
क्यानले उनलाई एक खेल प्रतिबन्धका साथै १०० प्रतिशत म्याच शुल्क जरिबाना पनि तोकेको छ। विज्ञप्तिमा अम्पायरप्रति गरिएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएको उल्लेख गरिएको छ।


