काठमाडौँ । मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहकै काँधमा आएको छ।
साहले श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिँदा विभागीय नियमनको ध्यान नपुर्याएको भन्दै रास्वापा सभापति रवि लामिछानेको सिफारिसमा उनलाई पदमुक्त गरिएको थियो। यससँगै प्रधानमन्त्री बालेनको काँधमा रक्षा, उद्योग तथा वाणिज्य र श्रम मन्त्रालयको जिम्मेवारी थपिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्मा भएको हेरफेरको सूचना राष्ट्रपति कार्यालयलाई पठाइएको थियो र राष्ट्रपतिको कार्यालयले मन्त्रालयको कार्यभार प्रधानमन्त्रीकै जिम्मेवारीमा रहेको जानकारी सार्वजनिक गरेको छ।


