सिराहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ

काठमाडौँ । सिराहा नगरपालिका–१५ बुधौराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका–३ का १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका–१२ का १९ वर्षीय अभिषेक मुखिया र सोही स्थानका २१ वर्षीय अरविन सिंह रहेका छन्।

गत चैत २४ गते साँझ करिब ७ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१–००४ प २६८८८८ नम्बरको मोटरसाइकल शंका लागेपछि चेकजाँच गर्दा इन्धन ट्याङ्कीको बिर्कोभित्र लुकाएर राखिएको तीन वटा प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: बिहिबार, चैत्र २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय