हाजिर जमानीमा ओली र लेखक रिहा, सर्वोच्चको परमादेशपछि निर्णय

काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो।

सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुने’ शर्तसहित उनीहरूलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिएका छन्।

भदौ २३ र २४ मा भएका घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको थियो।

बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद नथप्न आदेश दिँदै, अनुसन्धान पूरा नभए हिरासतबाट रिहा गरेर थप अनुसन्धान जारी राख्न परमादेश जारी गरेको थियो।

प्रकाशित: बिहिबार, चैत्र २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय