काठमाडौँ । न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न श्रम मन्त्रालयले रोजगारदातालाई निर्देशन दिएको छ।
मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १८ अनुसार तालिमी श्रमिकलाई समेत न्यूनतम पारिश्रमिक, बिरामी बिदा, सञ्चयकोष, उपदान र बिमालगायत सुविधा दिनुपर्ने स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार विभिन्न अस्पताल, विद्यालय तथा अन्य संस्थाबाट तोकिएको सुविधा नपाएको गुनासो आएपछि यस्तो चेतावनी जारी गरिएको हो।


