काभ्रे । बीपी राजमार्ग र रोशी खोलामा बाढीबाट हुने जोखिमबारे अध्ययन गर्न गृहमन्त्री सुदन गुरुङ आज काभ्रे प्रस्थान गर्दैछन्। सचिवालयका अनुसार बिहान ९ बजे टोली काठमाडौंबाट निस्कनेछ।
स्थानीयवासीको गुनासोपछि उनले प्रभावित क्षेत्रको अवलोकन गर्न लागेका हुन्। यस क्रममा जोखिम न्यूनीकरणका उपायबारे सम्बन्धित निकायलाई निर्देशन दिने तयारी गरिएको छ।


