डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को सिफारिसअनुसार उनलाई सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा नियुक्त गरिएको हो, जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेका छन्।

प्रकाशित: आइतबार, चैत्र २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय