खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरी ले गुण्डागर्दी, बिचौलिया तथा अभद्र व्यवहारजस्ता गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले चैत १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको अभियानमा पक्राउ परेका व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न प्रदेश तथा काठमाडौँ उपत्यकाबाट सबैभन्दा बढी पक्राउ परेका छन्। प्रहरीले यस्तो अभियान अझै जारी रहने जनाएको छ।

प्रकाशित: आइतबार, चैत्र २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय