“नेपाल अब यथास्थितिमा बस्दैन” — मन्त्री सोविता गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले नेपाल अब यथास्थितिमा बस्न तयार नभएको बताएकी छन्।

आजको संसद् बैठकमा डोलप्रसाद अर्याल लाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा समर्थन गर्दै उनले २०८२ को निर्वाचनले संसद्को स्वरूप मात्र होइन, देशको समग्र मनोविज्ञान नै परिवर्तन गरेको धारणा व्यक्त गरिन्।

संसद्मा नेपालको कठिन भूगोलको पीडा प्रतिविम्बित भएको उल्लेख गर्दै उनले यहीँबाट उज्यालो भविष्यको आशा पनि देखिएको बताइन्।

उनले भनिन्, “यसपटक संसद्मा धेरै नयाँ अनुहार आएका छन्। नेपाल अब यथास्थितिमा बस्न तयार छैन, तदर्थवादको चक्रमा अल्झिरहन चाहँदैन। यस संसद्मा सम्भावना पनि प्रशस्त छन्। सांसदहरू पदभन्दा बढी प्रतिज्ञा लिएर आएका छन्। संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ। सबै मिलेर संसद्लाई परिपक्व बनाउन आवश्यक छ, स्वस्थ बहस हुनुपर्छ, र सभामुखले यसका लागि सहजीकरण गर्ने अपेक्षा राखेको छु।”

प्रकाशित: आइतबार, चैत्र २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय