नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन्।

भैरहवामा आज सम्पन्न महासङ्घको आठौँ प्रदेशसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। उनले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका जमसेर अलि मियाँलाई पराजित गरे।

जिल्ला/नगर उपाध्यक्षमा दाङका टङ्कसिंह बुढाथोकी र एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन्।

कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने, सदस्यमा बर्दियाका बद्रीनाथ बराल र प्युठानका माधवराज भण्डारी, एसोसिएट सदस्यमा रुपन्देहीका सौरभ अग्रवाल र दाङको लमहीका युवराज पोखरेल निर्विरोध निर्वाचित भएका छन्।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले सो जानकारी प्रदान गरेका छन्।

प्रकाशित: शनिबार, चैत्र २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय