रवि लामिछाने र ज्ञानबहादुर शाहीबीच भेटवार्ता

काठमाडौँ । रवि लामिछानेज्ञानबहादुर शाहीबीच आज बिहान भेटवार्ता भएको छ।

भेटबारे जानकारी दिँदै शाहीले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै आफूहरू देश निर्माणको महाअभियानमा एकजुट भएर अघि बढिरहेको उल्लेख गर्नुभएको छ।
उहाँले विगतका कठिनाइले आफूहरूलाई कमजोर नभई अझ दृढ बनाएको उल्लेख गर्नुभएको छ।

यसैबीच सभामुखमा डिपी अर्याल बन्ने निश्चितजस्तै देखिएको अवस्थामा उपसभामुखको विषयमा विभिन्न दलबीच चर्चा चलिरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। संविधानअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने व्यवस्था रहेको छ।

प्रकाशित: शनिबार, चैत्र २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय