काठमाडौँ । भक्तपुर प्रहरीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अधिकारी बताउँदै एक व्यक्तिको अपहरण र शरीर बन्धक बनाउने आरोपमा ५३ वर्षीय दीपक खड्कालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार खड्का मकवानपुर, गढी गाउँपालिका–३ का निवासी हुन्। गत माघ २८ गते उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–५ बस्ने ४७ वर्षीय पूर्ण बहादुर थापाको घरमा पुगेर आफू अनुसन्धान विभागको प्रहरी भएको भनी परिचय दिएका थिए।
प्रहरी अनुसन्धान अनुसार खड्काले थापालाई होटलमा लगेर डर, धाक र धम्की देखाउँदै अपहरण तथा शरीर बन्धक बनाएका थिए। फरार रहेका खड्कालाई काठमाडौँ महानगरपालिका–८ गौशाला क्षेत्रमा खोजतलासको क्रममा नियन्त्रणमा लिइएको हो।
प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार खड्कामाथि ‘अपहरण तथा शरीर बन्धक’ कसुरमा मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप गरी उनलाई विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


