बलात्कार आरोपपछि सागर लम्साल (बले) चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन

काठमाडौँ । कलाकार सागर लम्साल (बले)लाई चलचित्र पाँच पाण्डवबाट निष्कासन गरिएको छ।

कालीरानी फिल्मस् प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लम्सालमाथि एक युवतीलाई बलात्कार गरेको आरोप लागेपछि उनलाई फिल्मबाट हटाइएको जानकारी दिएको हो।

सोही दिन सामाजिक सञ्जालमा अमेरिकामा बस्ने एक युवतीले एक वर्षअघि लम्सालले आफूमाथि बलात्कार गरेको भन्दै स्टाटसमार्फत जानकारी गराएकी थिइन्।

बलात्कार आरोपपछि कालीरानी फिल्म्सका नविन श्रेष्ठले आपतकालीन बैठक बसेर लम्साललाई नैतिकताका आधारमा फिल्मबाट निष्कासन गर्ने निर्णय गरिएको बताए। चलचित्र ‘पाँच पाण्डव’ परिवारले घटनाको सत्यतथ्य जाँच गर्न जोडदार माग पनि गरेको छ।

प्रकाशित: शुक्रबार, चैत्र २०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय