काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन्। केन्द्रीय कार्यालय च्यासलमा आज भएको प्रक्रियामार्फत उनी नेता चयन भएका हुन्।
सुहाङ नेम्वाङले उम्मेदवारी फिर्ता लिएपछि बादल निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिएका छन्। इलाम–२ बाट निर्वाचित युवा सांसद नेम्वाङले पनि यसअघि दाबी गरेका थिए।


