एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ, सचिव महेश बस्नेतले जानकारी दिएका छन्। बैठकमा प्रतिनिधिसभामा दलको नेता चयन र संसदमा पार्टीको भूमिका सम्बन्धी छलफल हुने बताइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा संसदका दुवै सदनको बैठक बिहीबारदेखि सुरु हुँदैछ। प्रतिनिधिसभामा नेकपा एमाले तेस्रो दलको रूपमा रहेको छ। गत फागुन २१ गतेको निर्वाचनमा एमालेले २५ सिट जितेको थियो।

प्रकाशित: बुधबार, चैत्र १८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय