ट्रम्प: इरानमा सैन्य अभियान चाँडै समाप्त, दुई–तीन हप्ताभित्र अमेरिकी सेना फिर्ता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियान चाँडै समाप्त हुने र दुई–तीन हप्ताभित्र अमेरिकी सेना त्यहाँबाट फिर्ता हुने बताएका छन्। ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथि गरिएका हवाई आक्रमण र सैन्य कारबाहीको उद्देश्य पूरा भइसकेको दाबी गरेका हुन्।

ट्रम्पका अनुसार गत महिना इजरायलसँग समन्वयमा सुरु भएको कारबाहीको मुख्य लक्ष्य इरानको आणविक हतियार क्षमतालाई ध्वस्त पार्नु रहेको थियो र त्यो लक्ष्य हासिल भइसकेको छ। उनले भने कि अमेरिकी सेनाले अहिले ‘अन्तिम काम’ मात्र बाँकी राखेको छ।

ट्रम्पले इरानी सैन्य संरचना पूर्ण रूपमा नष्ट भएको, इरानी नेताहरू परिवर्तन भइसकेको र नयाँ नेतृत्व कम कट्टरपन्थी भएको दाबी गरेका छन्। उनले इरानले वार्ताका लागि आग्रह गरिरहेको बताए र कुनै औपचारिक सम्झौता भए पनि अमेरिकी सेना तोकिएको समयमै फिर्ता हुने स्पष्ट पारे।

अमेरिकाले इरानलाई फेरि आणविक हतियार बनाउन नसक्ने सुनिश्चित भएपछि मात्रै पूर्ण रूपमा बाहिरिने ट्रम्पले बताए। इरानले अमेरिकी प्रविधि कम्पनीहरूमाथि धम्की दिएको विषयमा उनले व्यङ्ग्य गर्दै “साना खेलौना बन्दुकबाहेक केही बाँकी छैन” भने।

प्रकाशित: बुधबार, चैत्र १८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय